अक्सिजन सिलिन्डर कालोबजारी गर्ने तीन पक्राउ
काठमाडौँ । ललितपुरबाट अक्सिजन सिलिन्डर कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भएका ४२ वर्षीय नबराज खनाल र इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।
उनीहरुले बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्य भन्दा बढी लिई प्रति सिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो । साथै उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर १ थान, सोही सिलिन्डर विक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुमाथि कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।