image
image

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र जारी

काठमाडौँ, १२, बुधबार। वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार राति सो बचतपत्र जारी गर्दै ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।

पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । यो व्याजदर राष्ट्र बैंकले दिइरहेको अन्य बचतपत्रको भन्दा धेरै ब्याज हो । साथै अन्य बैंक तथा वित्तीय संस्थाले दिइरहेको ब्याजभन्दा पनि बढी नै हो ।

यो बचतपत्रको अर्को राम्रो पक्ष भनेको ब्याज आम्दानी वापतको सरकारलाई कर तिर्नु ५ प्रतिशत कर तिर्नु पर्दैन । यो बचत पत्र नेपाल बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवसीय नेपालका परिवारले खरिद गर्न सक्ने छन् ।

रोजगारीमा गएका आफन्त, बुबा, आमा, श्रीमान, श्रीमति, छोरा र छोरीले खरिद गर्न सक्ने छन् । यो बचतपत्र खरिद गर्नेले कम्तीमा १० हजार रुपैयाँ बराबरको किन्नु पर्नेछ । र, यसको ब्याज राष्ट्र बैंकले प्रत्येक ६र६ महिनामा भुक्तानी हुने छ । यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन पाइने छ ।

बचतपत्र विक्री खुला जेठ १३ गते हुनेछ भने बन्द असार ३ गते हुनेछ । साथै ६ महिनामा प्राप्त हुने ब्याज बचत खरिदकर्ता आफै वा इच्छाएको व्याक्तिले लिन सक्नेछन् 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।