बेरोजगार ८ लाख नाघे
काठमाडौँ - सरकारले रोजगारी सिर्जनाका क्षेत्रमा १० अर्ब रुपैयाँभन्दा बढी रकम अनुदान वितरण गरे पनि प्रत्यक्ष बेरोजगारको संख्या ८ लाख नाघेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।
वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशी श्रमलाई लक्षित गरी दीर्घकालीन रोजगारीका कार्यक्रम बनाउन नसकेको कारण यति धेरै अनुदान बाँडिए पनि बेरोजगारको संख्या भने बढ्दै गएको हो ।
कोभिड संकटयता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई मन्त्री फेरिए पनि स्वदेशमा ६ लाख र विदेशबाट रोजगारी गुमाएर फर्केका २ लाखभन्दा बढी युवाका लागि दीर्घकालीन रोजगारी नयाँ कार्यक्रम बन्न सकेको छैन ।
सरकारले विदेशबाट बेरोजगार र अलपत्र परेर फर्केका युवाको लागि विभिन्न योजना बनाए पनि कार्यान्वयन गर्न नसक्दा बेरोजगार बनेर फर्केका युवाको संख्या समेत २ लाख २५ हजार पुगेको छ । श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा माघ ८ गतेसम्म २ लाख २३ हजार ८ सय ६८ पुगेको छ ।
यही तुलनामा विदेश जानेको संख्या भने १३ हजार मात्र रहेको छ । यसैगरी यो अवधिसम्म स्वदेशमा रहेका ८ लाख युवाले बेरोजगार रहेको जनाउँदै मन्त्रालयमा नाम सूचीकरण गरेका छन् ।
कोभिड संकटयता सरकारले २ लाख युवालाई तीन महिना १० दिनको लागि मात्र रोजगार दिन सकिने गरी बजेट स्थानीय तहमा पठाएको छ ।