क्यूआर कोडको प्रयोगसम्वन्धी गाइडलाइन बनाउँदै राष्ट्र बैंक
काठमाडौं माघ १९ । पछील्लो समय क्यूआर कोडको प्रयोग बढ्दै गइरहेको छ । तरकारी तथा फलफूल पसलको भुक्तानी देखि धार्मिक स्थलका दान सम्म क्यूआर कोड मार्फत गर्न सकिने भएको छ । क्यूआर कोड प्रयोग गरेर भुक्तानी दिने प्रचलन बढेसँगै नेपाल राष्ट्र बैंकले यसलाई नियमन गर्न ‘नेपाल क्यूआर स्ट्यान्डर्डाइजेशन फ्रेमवर्क एन्ड गाइडलाइन’को मस्यौदा तयार पारेको छ ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै जाने क्रममा नेपाल राष्ट्र बैंकले क्यूआर कोडलाई विशेष रूपमा केन्द्रित गरेको बताउँछन् । क्यूआर कोडको भुक्तानीलाई राष्ट्र बैंकले नियमन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय मान्यता तथा प्रचलनका आधारमा मस्यौदा तर्जुमा गरेको निर्देशक भुवन कँडेलले जानकारी दिएका छन् ।त्यस्तै विभिन्न क्षेत्रक प्रयोगकर्ताको सुझाव संकलन भएपछि छलफल गरेर निर्देशन जारी गर्ने तयारी रहेको पनि बताएका छन् ।