छिट्टै आईपीओ निस्कासन गर्दै महिला लघुवित्त, कहिले ?
महिला लघुवित्त संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले माघ २८ देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। लघुवित्तले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ४ करोड रुपैयाँ बराबरको ४ लाख साधरणस सेयर बिक्री गर्न लागेको हो ।
आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको आवेदन दिन सकिने छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड भएको जानकारी दिएको छ ।आईपीओमा छिटोमा फागुन २ गतेसम्म र पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।२०७७ माघ ८ गते बोर्डले कम्पनीलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको थियो ।