image
image

नेपालमा पनि हाइड्रोजन इन्धन उत्पादन हुने

काठमाडौँ । नेपालमा खेर गईरहेको विद्युत उपभोग गरि हाइड्रोजन इन्धन उत्पादन हुने भएको छ । नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको हो । यस सन्दर्भमा निगम र केयूबीच इन्धन र ऊर्जा क्षेत्रमा सहकार्य गरी काम गर्ने भनेर द्विपक्षीय सम्झौता पनि भएको छ। 

‘विद्युतबाट इन्धन उत्पादन गर्ने प्रविधिको विकासमा निगम र केयूबीच भएको द्विपक्षीय सम्झौता कोशेढुंगा साबित हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउछन। उनका अनुसार माथिल्लो तामाकोसीलगायत जलविद्युत् परियोजनाबाट उत्पादन भएर खेर जाने विद्युत् प्रयोग गरी हाइड्रोजन इन्धन तयार पार्ने योजनालाई मूर्तरूप दिन लागिएको छ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष ५३ मेगावाटदेखि ८ सय ४० मेगावाटसम्म बिजुली खेर जाने अनुमान गरेको छ। बिजुली खपत गराउने ठाउँ नभएकाले खेर जाने निचोड प्राधिकरणले निकालेको हो। यदि कुनै अवरोध नभए यही वर्षको असारसम्म मुलुकको सबैभन्दा ठूलो माथिल्लो तामाकोसीबाट ४ सय ५६ मेगावाट उत्पादन हुने प्राधिकरणको अपेक्षा गरिएको छ।  यसरी खेर जाने सम्भावना भएको बिजुलीको प्रयोग गरी केयूको प्राविधिक सहयोगमा निगमले ३ प्रकारको हाइड्रोजन इन्धन (ग्यास, तरल र ठोस रूप) उत्पादन गर्ने योजना अघि बढाएको हो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।