डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसको नामाकरण, कुन देशको भाइरसको नाम के ?
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई नामकरण गरेको छ । डब्ल्यूएचओले उक्त भईरसको नाम डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको भारतमा सबैभन्दा पहिले भेटिएको प्रकारलाई भने ‘कप्पा भेरिएन्ट’ नामाकरण गरिएको छ । नाम उच्चारण असजिलो भएकाले डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै–उच्चारण र गैर–कलंकित सङ्केत (नाम)हरू प्रयोग गर्न सिफारिस गरेको हो ।
त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरस (बी.१.१.७) लाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ ।यी भाइरसको वैज्ञानिक नाम पूर्ववत नै रहेपनि उच्चारण सजिलो बनाउन र भाइरसको पहिचान कुनै देश विशेषको नामबाट हुँदा यसले उक्त देशलाई हेर्ने विभेदकारी दृष्टिकोण बन्ने भनाइहरूपछि विश्व स्वास्थ्य संगठनले यो निर्णय लिएकोे हो । साथै अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ प्रकारलाई एप्सिलन, जेटा, आयोेटा र थेटाजस्ता नाम दिइएको छ ।