image
image

आयोडिनयुक्त नुनको प्रवर्द्धन गर्न एक महिने ‘आयोडिन मन्थ’ सञ्चालन

काठमाडौँ माघ २० ।  राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्चआय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले २०७९ मा अतिकम विकसित राष्ट्र (एसडीसी)बाट विकासोन्मुख राष्ट्र (डीसी) मा स्तरोन्नति हुने तथा २१०० भित्र उच्च आय भएको मुलुक बनाउनेसहित अवधारणापत्र पारित गरेको हो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । 
हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलरमात्र छ । आयोगका सदस्य एवं प्रवक्ता मीनबहादुर शाहीले एलडीसीबाट डीसीमा स्तरोन्नति हुन दुई वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ४ सय डलर तथा २१०० सालमा १२ हजार एक सय डलर पु-याएर उच्च आयस्तरको विकसित मुलुकमा रूपान्तरण गर्ने गरी दीर्घकालीन सोचको मार्गचित्र तयार पारिएको जानकारी दिए ।
एलडीसीबाट डीसीमा स्तरोन्नति हुनका लागि तीन सूचकांकमध्ये नेपाल दुई सूचकांकमा योग्य भइसकेको छ । स्तरोन्नतिका लागि मानव सम्पत्ति ६६ अंक भए पुग्नेमा हाल ७२ पुगेको छ भने आर्थिक जोखिम सूचकांक ३२ भन्दा कम हुनुपर्नेमा अहिले २४ छ । यसरी प्राविधिकरूपमा नेपाल स्तरोन्नतिका लागी योग्य भइसके पनि प्रतिव्यक्ति आयमा भने पछाडि छ । प्रतिव्यक्ति आय १२ सय डलर पुग्नुपर्ने भए पनि हाल १ हजार ४ सय मात्र छ ।
आयोगले समुन्नत, स्वाधिन र समाजवादउन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको सुखी नागरिक बसोवास गर्ने मुलुकको रूपमा विकास र रुपान्तरण गर्ने सोचसहित अवधारणापत्रमा समृद्ध नेपालः सुखी नेपालीको दीर्घकालिन लक्ष्य, उद्देश्य र सूचकहरू हासिल गर्न तीन चरणको विकास अवधिलाई अगाडि सारिएको छ । पहिलो पन्ध्रौं योजनाको अवधिमा समृद्धि र सुखको आधार निर्माण, दोस्रो सोह्रौं र सत्रौं योजना अवधिमा समृद्धि र सुखको तीव्रता र यही अवधिमा दीगो विकास लक्ष्यको प्राप्ति तथा तेस्रो अठारौं र उन्नाइसौं योजना अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने अवधारणापत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।