image
image

डा. पशुपति रजौरियाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ, २०, बिहीवार । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङका अनुसार डा। रजौरियाकी श्रीमती डा. हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।

डा. बानु भने कोरोना संक्रमणमुक्त भइसकेकी गुरुङले बताए । हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।