image
image

घट्न थाल्यो डण्डीको भाउ 

काठमाडौँ । केहि महिनादेखि अत्याधिक वृद्धि भएको फलामे छडको भाउ घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ घट्न थालेपछि उद्योगीहरुले प्रतिकेजीमा चार रुपियाँसम्म भाउ घटाउन थालेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा छडको कच्चा पदार्थको भाउ अघिल्लो सातादेखि घट्न थालेकाले छड उत्पादक उद्योगीले भाउ घटाउन सुरु गरेका छन ।  लक्ष्मी स्टिलले अघिल्लो सातासम्म भ्याटबाहेक ८१ रुपियाँमा प्रतिकेजीमा बिक्री गरेकोमा यो साता ७७ रुपियाँमा बिक्री गर्न थालेको जनाएको छ ।

बजारमा फलामे छडको मूल्य बढ्न थालेपछि  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य बढ्नुको कारणबारे उद्योगीसंग छलफल गर्ने निर्देशन दिएको थियो। विभागको निरन्तर दबाबपछि छडको भाउ घट्न थालेको र अब क्रमश घट्दै जाने विभागका निर्देशक सागर मिश्रले बताए । 

त्यस्तै उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले फलामे छडको भाउ घटेको भनेर मात्रै नहुने भन्दै अन्तर्राष्ट्रिय बजारमा जस्तै भाउ घटेको वा नघटेको विषयमा पनि अनुगमन हुनुपर्ने बताए । प्रतिकेजीमा ३० रुपियाँ बढाएर ४/५  रुपियाँ घटायौँ भनेर उपभोक्तालाई आँखामा छारो हाल्ने काम नगरी अन्तर्राष्ट्रिय बजार भाउसरह भाउ घटनुपर्ने उनको भनाइ छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।