image
image

बाँकेमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्‍यु

काठमाडौं, २०, बिहीवार । बाँकेको विभिन्‍न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ७:३० बजे साँझदेखि बिहीबार दिउँसो २:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १र१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् ।

भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ ७स्३० बजे र बढैयाताल गाउँपालिका-३ बर्दियाकै ५५ वर्षीय पुरूषको बुधबार राति ११:४० बजे मृत्‍यु भएको छ ।यस्तै बाँसगढी गाउँपालिका–६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो २:३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा बुधबार राति १०:२० बजे मृत्‍यु भएको छ भने आठबीस नगरपालिका–४ दैलेखकी ३० वर्षीया महिलाको बुधबार राति ११:५५ बजे मृत्‍यु भएको छ ।

यस्तै कालिमाटी गाउँपालिका–१ सल्‍यानका ३७ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार विहान ८:३० बजे मृत्‍यु भएको छ भने बाफिकोट–४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०:१५ बजे मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।