image
image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्व अनुमान, हिमपात र वर्षाको सम्भावना

काठमाडौँ माघ २० ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिनमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।  पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभावले आगामी तीन दिन हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने र तराई–मधेशमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसो बढ्ने जनाएको छ। आज दिउसो पहाडी भूभागमा आंशिक बदली हुने र अन्य भूभागमा मौसम सामान्य सफा रहेने छ । 
राति भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने महाशाखाको प्रक्षेपण छ।
  
त्यस्तै, २१ माघमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

यसैगरि २२ माघमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने आंशिक तथा सामान्य बदली रहने भएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने र केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।