image
image

२ कम्पनीको आइपिओ माघमा निष्काशन हुँदै, न्युनतम १० कित्तादेखि आवेदन दिन सकिने

काठमाडौँ । माघ महिनामा दुई कम्पनीले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएका छन। जसमा एउटा जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्था रहेका छन । आगामी शुक्रबारदेखि ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले र २८ माघ देखि महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ। 

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ । यसको साधारण शेयर बिक्रि माघ २३ देखि २७ गतेसम्म खुल्ला रहने छ । 

रु. २ अर्ब ५० करोड अधिकृत पुँजी रहेको उक्त कम्पनीको यस निष्कासन पश्चात् चुक्ता पुँजी रु. १ अर्ब ८० करोड रहनेछ । हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ । यसले गर्दा इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकिएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सकिनेछ ।

त्यस्तै माघ २८ गतेदेखि आईपीओ जारी गर्न लागेको महिला लघुवित्त वित्तीय संस्थाले प्रति सेयर अंकित मूल्य सयको दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । दुवै कम्पनीको न्युनतम १० कित्तादेखि आवेदन दिन सकिने छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।