आधारदर घट्दा सस्तियो बैंकले दिने ऋणको ब्याज
काठमाडौँ । बैंकबाट ऋण निकाल्ने सोच्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आधार दर कम भएको बैंकबाट ऋण निकाल्दा तपाईले अति नै सस्तो ब्याजमा निकाल्न सक्नुहुन्छ । उसो त सरकारी अनुदानवाला ऋण पर्यो भने ब्याज अझ कम पर्न जान्छ । सरकारी अनुदानको ऋणमा सरकारले नै ५ प्रतिशत ब्याज तिरिदिने प्रावधान छ ।
एक वर्षअघि ११ प्रतिशत हाराहारी रहेको बैंकहरुको आधार दर अहिले ५.६१ प्रतिशतमा आएको छ। यसमा केही प्रिमियम लिएर बैंकले ऋण दिन्छन्। अहिले प्रणालीमा सबैभन्दा महँगो आधार भनेको ८.४५ प्रतिशत छ। त्यसैले अहिले ऋणहरु एकल अंकमा सजिलै पाइन्छ। एकातिर आधार दर घटिरहेको र अर्कोतिर राष्ट्र बैंकले स्प्रेड दर ४.४ प्रतिशतभन्दा बढी हुन नहुने ब्यवस्थामा गरेको कडाइले ऋण निकै सस्तो भएको हो।
अधिक तरलताका कारण पछिल्लो समय सस्तोमा ऋण दिने प्रतिस्पर्धा छ। यो कारणले पनि अहिले ऋणीका लागि एकदमै सहज अवस्था छ। यो भनेको 'फ्लोटिङ' दर हो। अर्थात तरलता बढी हुँदा घट्ने र कम हुँदा बढ्ने। स्थिर ब्याज दर भने अझै पनि केही महँगो छ। यसको ऋणको ब्याज दोहोरो अंकमा नै छ।
हेर्नुहोस कुन बैंकको आधार दर कति :