image
image

अझै भएन हिउँदे वर्षा,बालीनाली उत्पादन प्रभावित

काठमाडौँ। लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमि बाँझै छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । आकासेपानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएको छ । 

तोरीबाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौँ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी छैन। घोराही–११ का किसान रेशम बस्नेत आकासेपानीको भरमा हिउँदेखेती गरिंदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि विस्तारै सुक्न थालेको बताउछन ।

दाङमा खेतीयोग्य जमीनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । दाङ जिल्लाको कूल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमीनमध्ये खेतीयोग्य जमीन ६९ हजार ९५० हेक्टर रहेको छ । दाङमा कूल खेती गरिएको जमीन ६५ हजार ९८० हेक्टरमा खेती गरिएको छ ।    
    
जिल्लामा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए। मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ । पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहुदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने भएको छ। रासस 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।