image
image

कोरोना संक्रमणका कारण बस्नेत दम्पतिको मृत्यु

काठमाडौँ, २३, आइतबार। झापा बिर्तामोडका एक दम्पतिको  हप्ता दिनको अन्तरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनीहरुको मृत्यु भएको हो ।श्रीमानको मृत्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो । उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो ।

श्रीमानको निधन भएको एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । बस्नेतको उपचारको क्रममा दिउँसो मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।पहिला श्रीमान गणेशबहादुरलाई  काठमाण्डौ जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।