image
image

चन्द्रागिरी हिल्सको सेयर आगामी सातादेखि कारोबार हुँदै 

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर आगामी सातादेखि दोस्रो बजारमा कारोबार हुने भएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्जस्थित कार्यालयमा चन्द्रागिरी हिल्सले सेयर सूचीकरणका लागि प्रक्रिया अघि बढाएको छ। 

चन्द्रागिरीको सेयर बिहीबार वा शुक्रबारसम्ममा सूचीकरण हुने नेप्सेले जनाएको छ। चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु.९६.६९ देखि रु.२९०.०७ रेन्ज तोक्ने बताइएको छ। 

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको थियो। जसको आईपीओको बाँडफाँड गत माघ ९ गते नै भइसकेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।