image
image

भक्तपुर–धुलिखेल सडक विस्तार आयोजनाको प्रक्रिया शुरु 

काभ्रेपलाञ्चोक, २४ जेठ: अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ ।

केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडकखण्ड विस्तारको प्रक्रिया आगामी आर्थिक वर्षको शुरुआतसँगै पुनः थालिने सडक विभाग, योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । “नयाँ आर्थिक वर्षको शुरुआतसँगै आयोजनाको प्रक्रिया थालिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सकेसम्म लगानीकर्ता खोजिनेछ, नभए सरकार आफैँले निर्माण गर्नेछ ।

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समेत छलफल भइरहेको नेपालले बताउनुभयो । सो सडक करीब १५ किलोमिटर लम्बाइको छ । सङ्घीय राजधानीबाट वाग्मती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट प्रदेश नं १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । विस्तारका क्रममा निर्माण हुनेछ, लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुने जनाइएको छ । छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ ।


भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे समेत छलफल भइरहेको जनाइएको छ । सुरुङमार्ग भने दुई लेनको हुनेछ भने सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।

आयोजनाका लागि करीब रु सात अर्बको टेन्डर आह्वान हुने प्रक्रियामा रहेको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार हाल आयोजनाको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको छ । “आयोजना सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम हुन्छ, यसले सडक विस्तारमा अर्को फड्को मार्नेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आउँदो आर्थिक वर्षको बजेटमा समेत उक्त सडक विस्तार आयोजना सामवेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।