नेप्से हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबारको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १४.१० अङ्कले वृद्धि भई ४५१.३८ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत वृद्धि भएको छ । कूल २०० कम्पनीको एक करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ मूल्यमा खरिद बिक्री भए ।
मंगलबारको सुधारपछि कूल बजार पूँजीकरण पनि रु ३३ खर्बमाथि पुगेको छ । नेप्सेका अनुसार मंगलबारको कूल बजार पूँजीकरण रु ३३ खर्ब ३२ अर्ब ४१ लाख ७० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो । होटल ६२.०८ ले घट्दा बैंकिङ ३३.७१, व्यापार ३३, विकास बैंक २८.३८, जलविद्युत् ३३.९४, वित्त १.४४, निर्जीवन बीमा ६२६.२, उत्पादन ६१.२९, अन्य ८०.०२, लघुवित्त १५२.१२, जीवन बीमा ५९४.२४ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ ।
कारोवार भएका कूल कम्पनीको शेयरमध्ये आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड ५६ लाख ९८ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै, ग्लोबल आइएमई बैंक रु ५३ करोड ६३ लाख ४८ हजार ९०९, नेपाल दूरसञ्चार कम्पनी रु ३८ करोड ४३ लाख ४५ हजार १५०, शिखर इन्स्योरेन्स रु ३४ करोड ढ१ लाख ७८ लाख ३३८, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड चार लाख २१ हजार १८, नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८७ लाख ७२ हजार ३३९, नेको इन्स्योरेन्स रु २२ करोड २४ लाख ४६ हजार ४२२, एनआइसी एशिया बैंक रु १६ करोड ५६ लाख २३ हजार ९९६, नोपल इन्स्योरेन्स रु १४ करोड १९ लाख ५६ हजार ७४२ र एनएलजी इन्स्योरेन्सको रु १३ करोड ६० लाख ८५ हजार ८६९ बराबरको कारोवार भई शीर्ष १० मा रहेका छन् ।
कारोवारका आधारमा आज प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ९.९८, सर्पोट माइक्रो फाइनान्स ९.९८, गुराँस लघुवित्त ९.९५, अजोड इन्स्योरेन्स ९.९०, रिलायान्स लाइफ ९.९०, सानिमा जनरल इन्स्योरेन्स ९.८७, जनरल इन्स्योरेन्स ९.८६ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए । यस्तै, ओरण्टल होटल ४.१५, सोल्टी होटल २.७०, श्री इन्भेस्टमेन्ट फाइनान्स २.६२, तारागाँउ रिजेन्सी होटल २.४५, सेञ्चुरी बैंक २.३७, नारायणी डेभलपमेन्ट बैंक २.३६, वेस्ट फाइनान्स २.३५ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २.३४ प्रतिशतले गुमाए ।









