धेरै ‘लाइभ स्ट्रिम’ गर्नेलाई बढी पैसा दिदै फेसबुक र इन्स्टाग्राम
काठमाडौँ २६ जेठ। अब छिटै फेसबुक र इन्स्टाग्रामले धेरै ‘लाइभ स्ट्रिम’ गर्ने सिर्जनाकर्ता (क्रिएटर) लाई बढी पैसा दिने भएका छन् । यसका लागी फेसबुक र इन्स्टाग्रामले नयाँ फिचरहरूमा काम गरिरहेको बताईएको छ ।
यस नयाँ फिचरभित्र फेसबुकका सिर्जनाकर्ताहरुले ‘स्टार च्यालेन्ज’ मार्फत् प्लेटफर्ममा धेरै लाइभ स्ट्रिम गरेर बोनस कमाउन सक्छन्। त्यस्तै इन्स्टाग्राममा सिर्जनाकर्ताले स्ट्रिमबाट ‘ब्याजेज’हरु बेचेर पैसा कमाउन सक्ने बताईएको छ । नयाँ फिचरबाट सिर्जनाकर्ताहरु आफ्ना फ्यानहरुका लागि थुप्रै कन्टेन्ट बनाउन प्रोत्साहन हुने र धेरै समय यी प्लेटफर्ममा बिताउने इन्ग्याजेटले विश्वास लिएको छ ।