image
image

राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो

काठमाडौँ - नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा व्यवसायीले नपाएको गुनासो गरेका छन् । 

कोरोना महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय समितिले मंगलबार बालुवाटारमा धर्ना तथा कोणसभा गर्दै रोजगारी सुनिश्चित गर्ने मध्यम तथा निम्न मध्यम वर्गीय व्यवासायले नै राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।

कार्यक्रममा सङ्घर्ष समितिका संयोजक कर्णबहादुर शाहीले मुलुकको मौद्रिक नीति कार्यान्वयन नहुँदा अधिकांश पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए। सरकारले मध्यम तथा साना व्यवसायीको पीडा नसुनेको उहाँको भनाइ थियो । सरकारले पुर्नकर्जा, थप कर्जा तथा सहुलियत कर्जा भनेर रु डेढ खर्ब ४८ अर्ब वितरण गर्ने भने पनि अधिकांश मध्यम तथा निम्न मध्यम वर्गीय व्यवसायीको पहुँचमा नपुग्दा सडक आन्दोलन गर्न बाध्य भएको व्यवसायीले बताएका छन् । 

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष ईश्वर शर्माले मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको बताए ।बैंकले दिएको सहुलियत कर्जा केही व्यवसायीको पहुँचमा मात्र भएको उनको भनाइ थियो । धर्ना कार्यक्रममा विभिन्न ४३ वटा छाता सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।  सरकारका निकायलाई चरणबद्धरुपमा आफ्ना मागबारे प्रस्ताव गर्दा पनि केही नभएपछि व्यवसाय नै छोडेर आन्दोलन गर्न बाध्य भएको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।