image
image

वर्षामा ६ सय मेगावाट बिजुली खेर जाँदै, कति हुन्छ घाटा ? 

काठमाडौँ माघ २१ । नेपालमा वर्षायाममा भन्दा हिउँदमा विद्युत बढी खपत हुने गरेको पाईन्छ तर विद्युत उत्पादन भने बर्षायाममा बढी हुन्छ । यसरि उत्पादन र खपतको सन्तुलन नहुदाँ धेरै घाटा बेहोर्नु पर्ने हुन्छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू वर्ष २०७७-७८ भित्र ८२५ मेगावाट विद्युत् थप हुने प्रक्षेपण गरिएको छ । विद्युत् प्राधिकरणले चालू वर्षभित्र एक हजार मेगावाट थप हुने लक्ष्य राखेकोमा यसमा पुनर्विचार गर्दै २३ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर यति धेरै क्षमता बढ्ने प्रक्षेपण गरेको हो ।

प्राधिकरणले वर्षाको रात्रिकालिन समयमा २ सयदेखि २ सय ५० मेगावाटसम्म बिजुली खेर गएको उल्लेख गरेको थियो । अहिले हिउँदमा भारतबाट ६ सय मेगावाटको हाराहारीमा आयात गरिरहेको विद्युत् प्राधिरकरणले बताएको छ।

यसरि विज्ञहरूका अनुसार एक मेगावाटले वर्षामा ०.९० प्रतिशत र हिउँदमा ०.३३ प्रतिशत उत्पादन गर्ने सरदर हिसाब गर्दा पनि आगामी वर्षामा ६ सय मेगावाट बराबर खेर जाँदा प्रतियुनिट ६ रुपैयाँ सरदर मान्दा मात्र पनि साढे १५ अर्ब रुपैयाँ बराबरको बिजुली खेर जाने अनुमान छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।