image
image

वैदेशिक रोजगार विभागले जथाभावी तालिम सञ्चालन गरिएको भन्दै हतार नगर्न आग्रह

काठमाडौं, २८, शुक्रबार । वैदैशिक रोजगार विभागले जथाभावी अभिमुखीकरण तालिम सञ्चालन गरिएको भन्दै हतार नगर्न आग्रह गरेको छ । हाल कारोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञाको समयमा पनि केही अभिमुखीकरण संस्थाहरुले सामाजिक दुरी कायम नगरी तालिम सञ्चालन गरिरहेको जानकारी आएको भन्दै  विभागले अत्यावश्यक भएमा मात्र सामाजिक दुरी कायम गरेर अभिमुखीकरण तालिम कक्षा सञ्चालन गर्न सकिने बताएको छ । 

वैदेशिक रोजगार ऐनको दफा १९ अनुसार श्रम स्वीकृतिका लागि रोजगार आकांक्षी कामदारले सूचीकृत संस्थाबाट अनिवार्य अभिमुखीकरण तालिमको प्रमाणपत्र अनिवार्य छ ।नेपालमा कोरोना भाइरस संक्रमण महामारीको दोश्रो लहर फैलिएपछि त्यसलाई रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञाको आदेश जारी भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य स्थगित गरेको थियो ।

विभागले हाल अनलाइनमार्फत हुने पुनः श्रम स्वीकृति सम्बन्धी सेवा सुचारु राखेको र त्यस बाहेक अत्यावश्यक परेकाहरुको हकमा अत्यन्तै सीमित मात्र नयाँ श्रम स्वकिृति सम्बन्धी सेवा प्रवाह शुरु गरेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवासमेत अत्यन्तै सीमित रहेकोले हतार नगर्न समेत आग्रह गरेको छ ।वैदेशिक रोजगार कार्यालय ताहाचलले कोरोना संक्रमण केही कम भएको भन्दै आइतबार र बुधबार गरी हप्तामा दुई दिन श्रम स्वीकृति दिने निर्णय गरेपछि अभिमुखीकरण तालिम दिने संस्थाहरु सक्रिय भएका हुन् ।

 

गत बिहीबार मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको थियो । सो अनुसार कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनमा अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । कतारको दोहा जाने नेपाल एयरलाइन्स र कतार एयरवेजबाट कामदारहरु खाडीका विभिन्न मुलुक गइरहेका छन् ।

कोरोना भाइरस महामारी संक्रमणका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या निरन्तर घट्दै गएको छ । चालु आर्थिक वर्ष २०७७र०७८ कोे नौ महिनाको अवधिमा जम्मा ६४ हजार ४ सय ७५ नेपाली वैधानिकरुपमा वैदेशिक रोजगारीमा गएका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।