घट्न थाल्यो खाने तेलको मूल्य
काठमाडौँ । गत भदौदेखि लगातार वृद्धि भएको खाने तेलको मूल्य घट्ने भएको छ । केहि समयदेखि खाने तेलको मूल्यमा वृद्धि हुँदा उपभोक्ता मारमा परेका थिए। बजारमा खानेतेलको मूल्यमा कालोबजारी भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनसँगै उद्योगीलाई बोलाएर मूल्यवृद्धिको कारण मागेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य घटेको भन्दै उद्योगीहरुले तेलको मूल्य पुरानै कायम गर्न लागेका हुन्। अन्तरराष्ट्रिय स्तरमा खानेतेलको कच्चा पदार्थ भट्टमास र सुर्यमुखीको मूल्यमा एकाएक वृद्धिका कारण तेलको मूल्य बढिरहेको उद्योगीहरुको भनाई थियो । बजारमा खानेतेलको मूल्य ३ महिनामा ३० देखि ५० रुपैयाँसम्म वृद्धि हुँदा भट्टमासको तेलको मूल्य प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको थियो ।
यस्तै प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य पनि बढेर प्रतिलिटर २ सय ५० रुपैयाँसम्म पुगेको छ । यस्तै सुर्यमुखी तेलको मूल्य १ सय ७० देखि १ सय ७५ रुपैयाँसम्म रहेकोमा मूल्य बढेर २ सय २५ रुपैयाँसम्म पुगेको छ । यसरी मूल्यवृद्धि हुँदा उपभोक्ताले विभागमा गुनासो गरेपछि विभागले अनुगमन थालेको थियो । अनुगमनका क्रममा केही उद्योगीलाई कारबाहीसँगै उद्योगीलाई विभागमै बोलाई मूल्य बढ्नुको कारण सोधिएको थियो ।
व्यवसायीका अनुसार नेपालमा खाने तेलको कच्चापदार्थको प्रमुख स्रोत मुलुक ब्राजिलमा मजदुरहरुले हड्ताल गरेका कारण मूल्य आकाशिएको थियो । जसको फलस्वरुप नेपालमा तेलको मूल्य बढेको थियो तर, हाल उक्त हड्तालको अन्त्य भएसँगै कच्चपदार्थको भाउ घटेको व्यवसायीको भनाई छ ।