image
image

केबुलकारको काम प्रभावित बन्दै

तनहुँ,२९ जेठ: बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो ।

आगामी दशैँभित्रमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहित निर्माण कार्य थालिएपनि उक्त अवधिमा संञ्चालनमा ल्याउन कठिनाइ देखिएको छ । भारतबाट अधिकांश सामान आइसके पनि अष्ट्रियाबाट इन्जिनीयर, रोपवे र इन्जिनहरु ल्याउन नसकिएकाले निर्माण कार्यमा ढिलाइ हुने देखिएको बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । दैनिक करीब तीन सय जना कामदारले काम गर्दै आएपनि बन्दाबन्दीका कारण अहिले सय जनाले काम गरेको उनले बताए ।

कामले गति लिइरहेको बेला गतवर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएकामा यसवर्षको कोरोनाले पनि असर परेको अध्यक्ष शर्माले बताए । परियोजनाको निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने टावर निर्माण गर्ने मेकानिकल इन्जिनीयर नहुँदा काम प्रभावित बनेको छ । परियोजनाको काम सम्पन्न गर्न कम्तिमा छ महिना लाग्न सक्ने अनुमान गरिएकाले दशैमा संञ्चालनार्थ कठिनाइ देखिएको कार्यकारी संञ्चालक कृष्णराज अधिकारीले बताए । बन्दीपुर गाउँपालिका–४ को ठूल्ढुङ्गामा तल्लो स्टेशनको लागि तीन-चार महिना लाग्ने भएपनि र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशनको निर्माण कार्य बल्ल शुरु गरिएको उनले जानकारी दिए ।


परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीयबासीको लगानी १४ प्रतिशत रहेको छ । करीब ७०० स्थानीयलाई शेयर प्रदान गरिएको छ । उनीहरुको करीब रु.१५÷१६ करोड लगानी रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।