अब ट्राफिक उल्लङ्घनको जरिवाना इसेवाबाटै भुक्तानी गर्न सकिने
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेको जरिवाना अब इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरू भएको हो।
यसरि अनलाईनमार्फत भुक्तानी गर्दा जरीवाना बापतको राजस्व रकम सिधै सरकारी राजश्व खातामा जम्मा हुनेछ। जसले गर्दा यसअघि बैंकमा लाइन बसेर धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।
सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नंबर उल्लेख गरेपछि ट्राफिक उलंघन गरेको कसुर र जरीवाना रकम देखाउनेछ। सोही ठाउँमा मागिएको विवरण भरी सहजै इसेवाबाट रकम भुक्तानी गर्न सकिनेछ।
इ-सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनै पनि इसेवा जोन तथा पोइन्टमा गएर समेत जरीवाना रकम भुक्तानी गर्न सक्नेछन।