बढ्दै क्यूआर कोडको प्रयोग: अब नेपाल यातायातमा क्यूआर कोड मार्फत भाडा तिर्न सकिने
काठमाडौँ माघ २१ । पछील्लो समय क्यूआर कोडको प्रयोग बढ्दै गइरहेको छ । तरकारी तथा फलफूल पसलको भुक्तानी देखि धार्मिक स्थलका दान सम्म क्यूआर कोड मार्फत गर्न सकिने भएको छ । त्यस्तै अब नेपाल यातायात द्वारा संचालित बसहरुमा पनि क्युअर कोड मार्फत भाडा तिर्न सकिने भएको छ ।
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाण्डौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि. संग बैंकले संझौता गरी क्यू आर कोड मार्फत भुक्तानी लिने कार्य मंगलबार सुचारु गरिएको हो ।
अब नेपाल यातायातको बसमा यात्रा गर्दा पनि यात्रुले उक्त कोड मार्फत भाडा तिर्न सक्नेछन । यो सुबिदाले खुद्र पैसा सटहीको समस्यामा पनि केहि राहत मिल्ने विश्वास लिइएको छ ।