image
image

बिएमडब्ल्यूको सिई ०४ विद्युतीय स्कुटर उत्पादन सुरु

काठमाडौँ, ३०, आइतबार । बिएमडब्ल्यूले नयाँ विद्युतीय स्कुटर सिई ०४ को उत्पादन सुरू गर्ने भएको छ। जर्मनी ब्रान्ड बिएमडब्लूले नयाँ मोडलको स्कुटर उत्पादनअघि यसको परीक्षण गरेको बेलायती साप्ताहिक अखबार मोटरसाइकल न्यूजले जनाएको छ।सिई ०४ बाइकको कन्सेप्टमा तयार भएको स्कुटर हो। ‍कम्पनीले सन् २०२० को नोभेम्बरमा नै नयाँ मोडलको स्कुटर सार्वजनिक गर्नेमा संकेत गरेको थियो।

अहिले बर्लिनमा सिई ०४ को टेस्ट गर्दै गरिएको अवस्थामा देखिएको हो। यो स्कुटरले बिएमडब्ल्यूको सी इभोलुसन विद्युतीय स्कुटरलाई प्रतिस्थापन गर्नेछ। सी इभोलुसन सन् २०१४ मा सार्वजनिक भएको हो।विद्युतीय गतिशीलता बढावा दिनु बिएमडब्ल्यूको केन्द्रिय विषयवस्तु हो। र, हामी यसमा विभिन्न प्राविधिक रणनीति अपनाउँदै निरन्तरता दिइरहेका छौुं, बिएमडब्ल्यू मोटाराडका डिजाइन हेड एडगर हेनरिचले भनेका थिए।

सिई ०४ को डिजाइन निकै आकर्षक छ। कम्पनीले आफ्नो सी इभोलुसनमा प्रयोग गरेको प्रविधिभन्दा सिई ०४ मा भएको प्रविधि निकै फरक र परम्परागत शैलीको भएपनि मानक हिसाबमा आधारित छ। सिई ०४ को फ्रेम ट्युबुलार स्टिलको डिजाइनमा बनेको छ। यसको ब्याट्री स्थिति पनि सहज तरिकाले राखिएको छ। जसले गर्दा स्टोरेज क्षमता पनि सी इभोलुसनको तुलनामा बढी छ।

नयाँ सिई ०४ को टप स्पीड ७० माइल्स प्रति घण्टाको हुनेछ। कम्पनीले सिई ०४ यही वर्षमा सार्वजनिक गर्ने बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।