image
image

 प्रदेश नं ३ बागमतीमा ११ सय किमि नयाँ सडक

काठमाडौं माघ २१ : प्रदेश नं ३ बागमती प्रदेशमा विकासको क्रम बढ्दो देखिन्छ । यस्तै  बागमती प्रदेशले तीन वर्षको अवधिमा ११५९ किलोमिटर सडक बनाएको छ र तीन सय ९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ। यसले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्नेछ।

नयाँ सडकमध्ये ८९१ किलोमिटर सडक कच्ची, चार सय चार किलोमिटर सडक ग्राभेल, एक सय ५२ किलोमिटर सडक कालोपत्रे र ३३ किलोमिटर सडक ढलान गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले जानकारी दिए।
 
प्रदेश सुशासन केन्द्रले आइतबार ललितपुरस्थित कार्यालयमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यसमा ३७ वटा सडकपुल निर्माण भएको छ भने १६७ स्थानमा करिब ५७२ किलोमिटर कृषि सडकको निर्माण तथा मर्मत भई कृषि उपजको बजारीकरणमा सहयोग पुगेको छ।’

उनका अनुसार प्रदेशको गौरवको आयोजनाअन्तर्गत भीमफेदीदेखि कुलेखानीसम्म पोष्टबहादुर बोगटी सुरुङ मार्ग थालनी गरिएको छ। १.९ किलोमिटरको यो सुरुङ बनेपछि हेटौडा–काठमाडौं जोड्ने सडक १३ किलोमिटर छोटो हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।