नेप्सेमा थपियो २ कम्पनीका ७४ लाख बढी कित्ता सेयर
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ७४ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा नेपाल फाइनान्सको हकप्रद र चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर गरी कुल ७४ लाख ७ हजार २६८.५ कित्ता सेयर सूचीकृत भएको हो।
नेप्सेमा नेपाल फाइनान्सको कुल १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सूचीकृत भएको छ। यो फाइनान्सले करिब साढे २ महिनाअघि १ः१.२५ अनुपातमा सेयरधनीहरुलाई हकप्रद बिक्री गरेको थियो।
यस्तै नेप्सेमा चिलिमे हाइड्रोपावरले सेयरधनीहरुलाई वितरण गरेको कुल ५७ लाख ९ हजार ७६२.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर जारी गरेको थियो।