image
image

आज ६ दशमलव ८१ अंकले घट्यो नेप्से, 

काठमाडौँ । बुधबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ८१ अंकले घटेको छ।

आज नेप्से ६ दशमलव ८१ अङ्कले घटेर २४ सय ६६ दशमलव ९२ विन्दुमा झरेको छ । दुई सय दुई कम्पनीका दुई करोड २० लाख कित्ता शेयर नौ अर्ब ५३ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ६० करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ । बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ ।

व्यापार समूहको शेयर ६५ अङ्कले, होटलको ३० अङ्कले, विकास बैंकको ११, फाइनान्सको १९, जीवन बीमाको एक सय ९७, निर्जीवन बीमाको एक सय तीन, उत्पादनको एक सय एक र अन्य समूहको शेयर १७ अङ्कले घटेको छ ।

पोखरा फाइनान्सका शेयरधनीले झण्डै आठ प्रतिशत गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य  ७ दशमलव ८८ प्रतिशतले घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।