image
image

भन्सार छलेर ल्याएका ८२ लाख बराबरको सामान बरामद

काठमाडौँ, ३, असार । ८२ लाख रूपैयाँ बराबरको भन्सार छलीका सामानसहित सशस्त्र प्रहरीको टोलीले कपिलवस्तुबाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा  भारतको वरीयातपुर कुशिनगर बस्ने वर्ष ३४ को सन्जय कुमार कुशवाह र वर्ष २४ को अंगद कुमार कुशवाह रहेका छन् ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल भित्रिएपछि उनिहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्कीका अनुसार विशेष सूचनाका आधारमा विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका–२ मा रहेको चेक पोइन्टमा पक्राउ गरिएको हो ।

बरामद सामानबारे भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।