image
image

सिद्धार्थ इन्स्योरेन्सको लाभांश आजबाट शेयरधनीको हितग्राही खातामा जम्मा हुने

काठमाडौँ, ३, असार । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गर्ने भएको छ ।

जेठ २८ गते सम्पन्न भएको कम्पनीको उन्नाइसौँ वार्षिक साधारण सभाले पारित गरेको ३.७८ प्रतिशतका दरले नगद लाभांश बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

कम्पनीको जेठ २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३.७८ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

त्यसमध्ये कम्पनीले सर्वप्रथम नगद लाभांश खातामा पठाउन सुरू गरेको हो । सभाबाट पारित भएको १२ प्रतिशत बोनस सेयर सूचीकरण भएपश्चात् सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिने पनि कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।