image
image

जीवन विकास लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौँ ३ असार । जीवन विकास लघुवित्तले  रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले असार ११ गतेदेखि जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। 


प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । एनएमबि क्यापिटल विक्री प्रबन्धक रहेको उक्त कम्पनीको आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

त्यस्तै  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।