मेलम्ची बाढी प्रभावित नगरपालिकालाई काठमाडौँ महानगरले २ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं, ३, असार । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। काठमाडौं महानगरपालिकाको नवौं नगर सभाले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार मौजुदा प्राकृति प्रकोप (बाढी)ले पुर्याएको क्षतिबाट प्रभावित बनेकाहरुलार्य राहत र पुनःस्थापनाका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच मितेरी सम्बन्ध समेत छ।