घट्यो खाने तेलको मूल्य
काठमाडौँ ३ असार । भारतमा खाने तेलको मूल्य घटेको छ। केही महिनायता खाने तेलको मूल्यमा अत्यधिक वृद्धि हुँदै आएकोमा हाल मूल्य घटेको हो । भारतमा पाम आलयमा १९ प्रतिशतले मूल्य घट्दा भारु एक सय रुपैयाँ प्रतिलिटरमा झरेको छ । जबकि यसअघि भारु १४२ मूल्य कायम रहेको थियो ।
त्यसैगरि, सूर्यमुखी तेलमा १६ प्रतिशतले मूल्य घटेर १५७ भारु बनेको छ । तोरीको तेलको मूल्य भने प्रतिलिटर १५५ भारुमा झरेको छ । यसअघि १७७ भारु प्रतिलिटर थियो । यसरी भारतमा खाने तेलको मूल्य घट्दा नेपालमा पनि तेलको मूल्य घट्ने अड्कल गरिएको छ ।