अब टिकटकमा तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने
काठमाडौँ ३ असार । पछिल्लो समयमा सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप टिकटकमा तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने भएको छ । अहिलेसम्म टिकटक प्रयोगकर्ताहरुले १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको थियो । नयाँ सेवा प्राप्त गर्नका लागि एप अपडेट गर्नुपर्ने बताइएको छ । यसमा तीन मिनेटसम्मको फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ ।









