image
image

निषेधाज्ञाको एक महिनामा बैंकमा भित्रियो ३६ अर्ब

काठमाडौँ  ३ असार ।बाणिज्य बैंकहरुले एक महिनामा ३६ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो महिनाको तुलनामा बैंकको निक्षेप तीन गुणाले बढेको हो । बैशाखमा ११ अर्ब निक्षेप संकलन गरेका बैंकहरुमा जेठमा मात्रै ३६ अर्ब निक्षेप आएको छ । यता, कर्जा लगानी पनि जेठमा ३५ अर्बले  भएको छ । कर्जा लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना ३८ अर्ब कर्जा लगानी भएको थियो ।


हालसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जेठ महिनाको अन्तिम तिन दिनमै ९ अर्ब निक्षेप भित्रिएको थियो भने कर्जा लगानी ४ अर्ब भएको थियो । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।