image
image

सोमबारदेखि बैङ्कमा सबै किसिमका कारोबार

काठमाडौँ, कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैङ्क तथा वित्तीय संस्था सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको बैठकमा सबै खाले बैङ्किङ कारोबार खुला गर्ने सहमति भएको छ । 

सङ्घका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार । थानीय प्रशासनको निर्देशनलाई हेरेर बैङ्कहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हो । पछिल्लो समय बैङ्कका कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्ने विषयमा पनि सबै बैङ्करको धारणा लिएर निष्कर्षमा पुग्ने निर्णय पनि सङ्घले गरेको उहाँले बताउनुभयो ।

निषेधाज्ञा खुुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैङ्कहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरे पनि खुकुलो बनाएको छ ।

अहिले निषेधाज्ञा कारण शाखाहरू पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ । बैङ्कका शाखा पनि २ः०० बजेसम्म मात्र खुलिरहेका छन् । परिस्थित सहज भएसँगै मालपोत कार्यालय खुलेपछि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ । यस्तै ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको सङ्घले जनाएको छ । यसअघि बैङ्कमा भीडभाड बढेको भन्दै राष्ट्र बैङ्कको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैङ्कर्स सङ्घले निर्णय गरेको थियो ।

वर्षाका कारण यसअघि रोकिएका काम पनि सक्नुपर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको सङ्घले जनाएको छ । यसअघि बैङ्क तथा वित्तीय संस्थालेथानीय प्रशासनसँग समन्वय गरी असार १ गते मङ्गलबारदेखि स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको थियो । नेपाल राष्ट्र बैङ्कले गत वैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गर्दै नयाँ व्यवस्था गरेको थियो ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।