image
image

सेयर कारोबार रकममा गिरावट

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेपछि कारोबार रकममा भारी गिरावट आएको छ । बजारमा २० अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुन थालेकोमा बिहीबार करिब ११ अर्बमा मात्र सीमित भएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने १.२९ अंकले घटेर २९६८.४३ अंकमा झरेको छ । बोर्डले मंगलबार जोखिमपूर्ण ५१ कम्पनीहरुको सूची सार्वजनिक गर्दै सचेत भएर लगानी गर्दा सचेत हुन आग्रह गरेको थियो । जसको प्रभावस्वरुप बुधबार पनि सेयर बजारमा ७२.४१ अंकले करेक्सन भएको थियो ।

बिहीबार नेप्सेसँगै ७ वटा उपसमूह घटेका छन् भने ६ वटा उपसमूह बढेका छन् । यसदिन बैंकिङ १०.६, व्यापार १४.६७, जलविद्युत् २.९५, उत्पादन ११.८४, माइक्रोफाइनान्स ६७.७४, म्युचुअल फण्ड ०.०४ र इनभेष्टमेन्ट ०.२१ अंकले घटेका छन् । यसैगरी होटल तथा टुरिजम ३६.६, विकास बैंक ९४.२५, फाइनान्स ३३.६६, निर्जीवन बिमा ५२.९८, जीवन बिमा १५.०५ र अन्य समूह २६.७२ अंकले बढेको छ ।

बिहीबार २२३ कम्पनीको २ करोड ३ लाख ६६ हजार कित्ता सेयर १० अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन् । ११३ कम्पनीको सेयर मूल्य घट्यो भने ९३ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबार भएकामध्ये बाँकी १२ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएका छन् ।

बोर्डले लगानीकर्तालाई देशको आर्थिक परिदृश्य, सूचीकृत कम्पनीका प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात, कम्पनीको संस्थागत सुशासन आदिलाई विश्लेषण गरेर मात्र सेयर किन्न आग्रह गरेको छ ।
-कारोबार दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।