image
image

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने तयारी

काठमाडौँ, ४, असार । डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड रूपैयाँ (१८० मिलियन) लगानी गर्ने भएको छ । लगानीका लागि डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोसँग एमओयु गरेको  छ । अहिले लगानी गर्नका लागि मात्रै एमओयु भएको र लगानी आइनसकेको उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले बताए ।

‘अहिले लगानी आइसकेको छैन् । एमओयु भएको हो,’ उनले आइसिटी समाचारसँग भने, ‘अब हाम्रो ड्यु डेलिजेन्स हुन्छ । त्यसपछि हामी अन्तिम सम्झौता गर्छौं । अनि उद्योग विभागबाट स्वीकृत भएपछि लगानी आउँछ ।’

यो लगानी देशका प्रमुख शहरहरुमा शाखा विस्तार गर्न, लजिष्टिक सपोर्टलाई राम्रो र छिटो बनाउन प्रयोग गरिने रायमाझीले जानकारी दिए ।  

उपाय सिटी कार्गोले कुनै पनि सामान एक एक ठाउँबाट अर्को ठाउँमा लैजान सहयोग गर्छ । उपाय सिटी कार्गोमा निःशुल्क आवद्ध हुन सकिन्छ । अहिलेसम्म त्यसरी आवद्ध हुनेमा १५ सय बढी गाडी चालक पुगेका छन् ।

कम्पनीले ३ महिना अगाडि मोटरसाइटकलको सेवा पनि सुरू गरेको थियो । आफूलाई आवश्यकताअनुसार दुई पांग्रे र चार पांग्रे सवारी साधन एपबाट मगाउन मिल्छ ।

उपाय सिटी कार्गोको एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । उपाय सिटी कार्गोको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।