पूर्ण रूपमा सञ्चालन हुँदै बैंक तथा वित्तीय संस्था
काठमाडौँ ४ असार । निषेधाज्ञाका कारण खुम्चिएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको बैठकमा सबै खाले बैङ्किङ कारोबार खुला गर्ने सहमति भएको हो ।
उक्त बैठकमा सङ्घका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनको निर्देशनलाई हेरेर बैङ्कहरूलाई पूर्ण रूपमा चलाउने निर्णय गरेका हुन् । निषेधाज्ञा खुुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैङ्कहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् ।
हाल शाखाहरू पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ । त्यस्तै बैङ्कका शाखा पनि २ः०० बजेसम्म मात्र खुलिरहेका छन् ।