पोखरामा अन्तर्राष्ट्रिय स्तरको नमूना सडक निर्माण गरिने
पोखरा। विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तरराष्ट्रियस्तरको नमूना सडक निर्माण गरिने भएको छ ।
पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक रू. एक अर्ब ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी विश्व बैंकको मापदण्डअनुसारको नमूना बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियनसहित ३० मिटर फराकिलो बनाउने योजना छ ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको शहरी सुशासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का बारेमा छलफल गरेको थियो। सडकको विस्तृत आयोजना गरेर डिपिआर समर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने भनाइ छ ।
सो सडकको दायाँबायाँ साइकल ट्रयाक, पैदलमार्ग, व्यवस्थित नाली, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने छ ।