image
image

निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि

काठमाडौँ  ५  असार  । कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा छाएको छ । 


जिल्लामा वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी भएपछि निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, सरिया, इँटा, ग्याभिनलगायत फलामे सामग्रीहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता विविध सामग्रीको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको स्थानीय हार्डवेयर व्यवसायी यक्षराज पाण्डेयको बताए । ग्रामीण सडकहरू निषेधाज्ञा र लगातारको वर्षात्ले बन्द हुँदा अत्यावश्यक खाद्यान्नलगायत निर्माण सामग्रीको पनि अभाव रहेको उनको भनाइ छ । 


असारेमै सम्पन्न गर्नुपर्ने निर्माणका काममा सामानको मूल्यवृद्धि भएका कारण उपभोक्ता समिति र निर्माण व्यवसायी अत्यधिक मारमा परेको निर्माण व्यवसायी सङ्घ डडेल्धुराका पूर्वमहासचिव दानबहादुर साउदले बताए । सुदूरपश्चिमको पहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको डडेल्धुराबाट केही वर्षयता छिमेकी बैतडी र डोटी जिल्लामा निर्माण सामग्रीहरू जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।