image
image

सुनकोशी–तेस्रो जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा

काठमाडौँ माघ २२ । सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागका अनुसार प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम बाँकी रहेको छ ।  कोभिड–१९ का कारण पनि केही प्रक्रिया पर धकेलिएको बताएका छन् ।

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।  विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार इआइए अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको छ ।  

एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर भने एक वर्षअघि नै अर्थात् गत वर्ष माघमा विद्युत विकास विभागलाई बुझाइसकेका भएपनि कोरोनाका कारण काम हुन सकेको थिएन ।  

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।