image
image

हेटौंडा सामुदायिक आँखा अस्पताललाई मेसिन खरिद गर्न १० लाख हस्तान्तरण

काठमाडौँ, ६, असार । आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । 
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आइतबार आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको थियो । अस्पतालमा मेसिन अभावका कारण बिरामीहरु विहानै देखि लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।हेटौंडा उपमहानगरालिकाको उक्त सहयोग रकमले मेसिन खरिद गरी बिरामीहरुको आँखा परिक्षणलाई प्रभावकारी र सहज हुने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

अस्पतालले मकवानपुरसहित प्रदेश नम्बर २ का विभिन्न जिल्ला र भारतबाट आँखाको जाँच गराउन बिरामी आउने गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै मेयर महतले आँखा अस्पतालमा बिरामीको चाँप बढेसंगै अस्पतालको सेवालाई गुणस्तरीय प्रभावकारी र सहज बनाउन स्थानीय सरकारको दायित्व ग्रहण गरी मेसिन खरिदका लागि उक्त रकम सहयोग गरिएको बताए ।

उपमहानगरपालिकाको बार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।