नेपाली सेनामा जागिरको अवसर, २ सय अधिकृत क्याडेट पदमा भर्ना खुल्यो (विज्ञापनसहित)
काठमाण्डौ । नेपाली सेनाले अधिकृत (क्याडेट) पदमा भर्ना खोलेको छ। बुधबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले क्याडेट पदका लागि २०० जनाको दरखास्त आह्वान गरेको हो।
कुल २०० मध्ये १०५ जना खुलाबाट पदपूर्ति गरिनेछ भने ५ पद सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्नतिलाई छुट्याइएको छ। त्यसैगरी समावेशतर्फ महिलालाई १८, आदिवासी जनजातिलाई २९, मधेसीलाई २५, दलितलाई १४ र पिछडिएको क्षेत्रलाई ४ पद छुट्याइएको छ।
यो पदका लागि दरखास्त दिन प्रमाणपत्र तह वा सोसरहको शैक्षिक योग्यता हुनेको हकमा दरखास्त पेस गर्ने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ भने स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हुनेको हकमा दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ। वहालवाला सैनिक उम्मेदवारहरुको हकमा भने दरखास्त पेस गर्ने अन्तिम मितिसम्म २६ वर्ष ननाघेको हुनुपर्नेछ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भरी प्रिन्ट आउसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति फागुन २१ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर बुझाई फागुन २८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ।
http://124.41.239.248/vacancy/62-Cadet-Adver-2077-10-22.pdf