image
image

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले दोस्रो त्रैमासमा  कमायो नाफा, कति ?

काठमाडौँ माघ २२ । भर्खरै आईपीओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर  बैंकले चालू आर्थिक वर्षको  दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो  त्रैमासमा रू.३५ करोड २२ लाख नाफा कमाएको उल्लेख गरेको छ। यो वर्ष कम्पनिले ३५ करोड बराबरको नाफा कमाएपनि गत वर्षको तुलनामा १२ दसमलव ५ प्रतिशतले काम हो । 

चालू आर्थिक वर्षको दोस्रो  त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमि आएकोले समग्र नाफामा कमि आएको हो । त्यस्तै   कम्पनीले रू. ३२ करोड ४४ लाख निक्षेप संकलन गरेको थियो भने रू. १ अर्ब ६१ करोड ४३ लाख कर्जा लगानी गरेको थियो । नाफामा कमि आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आर्थिक वर्षको  दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७१ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा घटेर रू. ५ दशमलव ८७ मा सिमित भएको छ ।   

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।