image
image

सेयर बजारमा उच्च अंककाे गिरावट

काठमाडौं ६ असार । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा राेकिएकाे छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।


नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९  सय ०५ दशमलव  ३२ अंकमा झरेकाे छ । नेप्से परिसूचक ठूलाे अंकले घट्दा काराेबार रकम भने यस अघिकाे काराेबार भन्दा थाेरै सुधारिएकाे छ । गत बिहीबार ११ अर्ब भन्दाकमकाे काराेबार भएकाेमा आइतबार भने साढे ११ अर्ब हाराहारीमा काराेबार भएकाे छ ।

आइतबार अत्यन्तै कममात्रै कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज बढ्नेमा ऋणपत्रहरु देखिएका छन् भने धेरै गुमाउनेहरुमा फाइनान्स र विकास बैंक समूह देखिएका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।