image
image

बढ्यो सरकारको खर्च 

काठमाडौँ ६ असार । चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बताएको छ । आइतबार संघीय सरकारको १० महिनाको खर्च तथा आम्दानीको तथ्याङ्क अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो । 


मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारको खर्च गत वर्षभन्दा ८.५ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब ८१ करोड पुगेको छ । जबकि गत वर्ष सोही अवधिमा जम्मा ७ खर्ब ६० अर्ब ४८ करोड बराबरको मात्र खर्च भएको मन्त्रालयद्धारा जारी बुलेटिनमा बताइएको छ । 


यस्तो खर्च चालूतर्फ ६ खर्ब ३० अर्ब २० करोड र पुँजीगततर्फ एक खर्ब २५ अर्ब ८८ करोड भएको मन्त्रालयको भनाई छ । यता, वित्तीय व्यवस्थापन तर्फ सरकारले सोही समयमा कुल ६८ अर्ब ७२ करोड खर्च गरेको जनाएको छ । मन्त्रालयकाअनुसार समीक्षा अवधिमा संघीय सरकारको खर्च चालू तर्फ र पुँजीगत तर्फ क्रमशः १०.२ प्रतिशत र १०.२ प्रतिशतले बढेको र वित्तीय व्यवस्थापनतर्फ भने यसपटक ७.४ प्रतिशतले घटेको जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।